इङ्ल्यान्डविरुद्ध पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा घरेलु टोली भारतले सहज जित हासिल गरेको छ ।

बिहिवार राती भएको खेलमा भारतले इङ्ल्यान्डलाई ४ विकेटले पराजित गरेको हो । जितसँगै भारतले तीन खेलको सिरिजमा १-० को अग्रता बनाएको छ । दोस्रो खेल आइतबार हुनेछ ।

इङ्ल्यान्डले दिएको २४९ रनको लक्ष्य भारतले ३८.४ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो  । भारतको जितमा शुभमन गिलले सर्वाधिक ८७ रन बनाए । त्यस्तै श्रेयस अय्यरले ५९ र अक्षर पटेलले ५२ रन बनाए ।

इङ्ल्यान्डका लागि सकिब मोहम्मद र आदिल रासिदले समान २ तथा जोफ्रा आर्चर र ज्याकोब बेटहिलले समान १ विकेट लिए ।

त्यसअघि नागपुरस्थित विदर्भ क्रिकेट संघको मैदानमा टस जितेर ब्याटिङ रोजेको इङ्ल्यान्डले ४७.४ ओभरमा सबै विकेट गुमाउँदै २४८ रनको योगफल तयार पारेको थियो ।

इङ्ल्यान्डका लागि कप्तान जोस बट्लरले सर्वाधिक ५२ रन बनाए । त्यस्तै ज्याकोब बेटहिलले ५१, फिल साल्टले ४३ र बेन डुकेटले ३२ रन बनाए

भारतका लागि हर्षित राना र रविन्द्र जडेजाले समान ३ तथा मोहम्मद शामी, अक्षर पटेल र कुलदीप यादवले समान १ विकेट लिए । यसअघि भारतले ५ खेलको टी–२० सिरिज ४–१ ले आफ्नो पक्षमा पारेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *