काठमाडौं । नेपाली युवा टोली र चीनको युनान युवा टोलीबीच हुने मैत्रीपूर्ण फुटबल खेलको तयारी पूरा भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै खेलको तयारी पूरा भएको जानकारी गराएको हो।

नेपाल र चीनबीचको खेल काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार दिउँसो २:३० बजे शुरु हुनेछ ।

चिनियाँ नयाँ वर्षको अवसरमा अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना र चिनियाँ दूतावासको सहयोगमा यो मैत्रीपूर्ण फुटबल आयोजना हुन लागेको हो ।

यस खेलको प्रविधिक पक्षको सबै जिम्मेवारी एन्फाको रहने र खेलसम्बन्धी मार्केटिङ, ब्रोडकास्टिङ, टिकेटिङ लगायतका अन्य जिम्मेवारी चिनियाँ दूतावासको रहने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *