मोरङ । विराट एक्स्पो ०८१ को अवसर पारेर मोरङस्थित विराट चोकमा फाल्गुन ३ गते देखि ७ गते सम्म कोशी प्रदेशस्तरीय बुद्धिचाल खेलको सञ्चालन भइरहेको छ ।

विराट चेस क्लबको आयोजनामा पाँच दिन चल्ने स्ट्यान्डर्ड चेस प्रतियोगिताको दोस्रो दिन चौथो चरणका खेल सम्पन्न भएका छन् ।

क्लासिकल विधा अन्तर्गत प्रतिस्पर्धामा पथरीका निलम बस्नेत, पाँचथरका रिशोन थापा र धरानका राजेन्द्र राई पूर्ण ४ अंक जोडेर संयुक्त अग्रस्थानमा रहन सफल भएका छन् ।

सत प्रतिसत जित निकाल्ने क्रममा निलमले इटहरीका नवीन घिमिरे, मोरङका विष्णुलाल लिम्बू, इटहरीका उमेश राई र सुन्दरहराइञ्चका हिमाल चन्द्र लिम्बूलाई पराजित गरेका छन् ।

यस्तै रिशोन थापाले सुन्दरहराइञ्चका विशाल बोहरा, दमकका कृस अधिकारी, धरानका ललित बहादुर राई र धरान कै हिमाल राईलाई पञ्छाउन सफल बनेका छन् ।

यसैगरी राजेन्द्र राईले बेलबारीका सनम कुमार चौधरी, फिदिमका दिनेश भट्टराई, विराट चोकका बिक्रम जीत लिम्बू र धरानका खिलराज राई माथि जीत दर्ता गरेका छन् ।

कोशी प्रदेशका ९३ जना राष्ट्रिय खेलाडी सहभागी रहेको प्रतिस्पर्धामा तिन जना खेलाडीले समान ३ दशमलब ५ अंक जोडेर सामूहिक दोस्रो स्थान ओगट्न सफल बनेका छन् ।

६० मिनेट ३० सेकेण्ड इन्क्रिज्मेण्ट समय रहेको खेलमा ३ जीत र १ बराबरी खेलेर धरानका बिष्णु लिम्बू, मेची नगरका विश्वविजय घिमिरे र विराटनगरका उमेश राई अपराजित रहदै शीर्ष ३ खेलाडीलाई चुनौती दिइरहेका छन् ।

दमककी राष्ट्रिय महिला खेलाडी कृतिसारा अधिकारी सहित जम्मा २० जना खेलाडीले समान ३ अंक जोडेर संयुक्त तेस्रो स्थानमा उभिन सफल भएका छन् ।

तेस्रो चरणमा उमेश राई सित अप्रत्याशित हार व्यहोरेका दमकका प्रकाशचन्द्र नेपाल, धरानका हिमाल राई, ललित बहादुर राई, बल बहादुर तामाङ, नेत्र छन्त्याल, खिलराज राई, मोरङ्का बिक्रमजीत लिम्बू, विष्णुलाल लिम्बू, योगेश तुम्बा हाम्फे लिम्बू, लोक सागर साम्बा, शम्भू कुमार श्रेष्ठ, अग्रिम खड्‌का ३ अंकमा छन् ।

यिनी खेलाडी सँगसँगै मोरङका हिमालचन्द्र लिम्बू, भिम कुमार लिम्बू, श्याम जुङ् थापा, तिर्थराज सुब्बा, रोहित सुब्बा, सुनसरीका मणिराज डाँगी र इटहरीका योगेश राईले खेलमा उपाधिको आशा जीवितै राखेका छन् ।

क्लबका अध्यक्ष लक्ष्मण प्रसाद श्रेष्ठको संयोजकत्वमा सञ्चालन भइरहेको प्रतियोगिताका पाँचौ र छैटौं चरणका खेल भोलि सञ्चालन हुने प्रमुख निर्णायक डम्बर राईले जानकारी गराएका छन् ।

प्रतियोगिताका निर्देशक खगेन्द्र थापाका अनुसार विजेताले नगद २० हजार, द्वितीय हुनेले १५, तृतीयले १० हजार, चौथोले ५ हजार र छैटौं देखि दशौं स्थान हासिल गर्ने खेलाडीले जनही ३ हजार पुरस्कार प्राप्त गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *