झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगितामा सुनसरीको न्यु स्टार एफसी विजयी भएको छ ।
बुधबार भएको खेलमा भारतको सिलिगुडी युनाइटेडमाथि जित दर्ता गर्दै न्यु स्टार सेमिफाइनलमा प्रवेश गरेको हो । सिलिगुडीलाई १-० ले हराउँदै न्यु स्टार अन्तिम चारमा पुगेको हो ।
न्यु स्टारका लागि खेलको इन्ज्युरी समयमा मन्दिप कार्कीले गोल गरे । उनी खेलको प्लेयर अफ द म्याच भए र ७ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे।
प्रतियोगिताअन्तर्गत बिहिवार अन्तिम क्वाटरफाइनल खेल प्लानिङ ब्वाइज काठमाडौँ र भारतको माने मञ्ज्याङ एफसीबीच हुने क्लबका उपाध्यक्ष भरत खतिवडाले जानकारी दिए ।
क्लबका अध्यक्ष गोपाल पोखरेलका अनुसार प्रतियोगिताको विजेताले २ लाख २५ हजार र दोस्रो हुने टोलीले १ लाख २५ हजार रुपैयाँ ट्रफी, मेडल प्राप्त गर्ने छन् ।
Source : Jhapa Today
