इलाम । क्लब ओएसिस, इलामको आयोजनामा हुने दोस्रो ओएसीस अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको खेलतालिका सार्वजनिक भएको छ ।
ठुलो टुडिंखेल मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा फागुन १७ गतेका दिन आयोजक क्लब ओएसिस, इलाम र पदमा स्र्पोटिङ क्लब, ओखलढुङ्गा भिड्ने छन् ।
प्रतियोगितामा नेपाल र भारतका गरी कुल आठ टिम सहभागि छन् । प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४ लाख हात पार्नेछ भने उपविजेताले २ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने बताइएको छ ।
प्रतियोगितामा विभागीय टोली एपिएफ फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब, बागमती युथ क्लब, क्लब ओएसिस इलाम, पदमा स्पोर्टिङ क्लब, मदर टेरेसा फुटबल क्लब भारत र मानेभञ्ज्याङ एफसी भारत सहभागि छन् ।
प्रतियोगिताको फाइनल फागुन २४ गते हुनेछ । प्रतियोगिताको पहिलो संस्करण मानेभञ्ज्याङ फुटबल क्लब, भारतले जितेको थियो ।
