दुई मिलानको बराबरी

२०८१, २१ माघ सोमबार ११:४९

इटालियन सिरी ‘ए’ अन्तर्गत आइतबार राति भएको मिलान डर्बी खेलमा इन्टर र एसी मिलानले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

एसी मिलानको घरेलु मैदान सान सिएरोमा भएको खेलमा घरेलु टोलीका लागि तिज्जानी रेइजन्डर्सले गोल गरे । इन्टरका लागि स्टेफन डी भ्रिजले गोल गरे ।

खेलको ४५औं मिनेटमा रेइजन्डर्सले गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए । तर इन्जुरी समयमा भ्रिजले गोल गरेपछि इन्टरले खेल बराबरी गर्यो ।

बराबरीको नतिजापछि मिलान २२ खेलबाट ३५ अंकसहित आठौं स्थानमा छ । इन्टर समान खेलबाट ५१ अंकसहित दोस्रो स्थानमा छ ।

आइतबार राति भएको अर्को खेलमा लिग लिडर नापोली रोमासँग १-१ कै बराबरीमा रोकियो । 

शीर्ष स्थानको नापोलीको २३ खेलबाट ५४ अंक छ । पराजित रोमा समान खेलबाट ३१ अंकसहित नवौं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *