इंग्लिस प्रिमियर लिगमा २-० गोलले पछि परेको स्थिति उल्टाउँदै म्यान्चेस्टर युनाइटेडले एभर्टनसँग बराबरी खेलेको छ ।

शनिबार राति भएको खेलमा युनाइटेड र एभर्टनले २-२ को बराबरी खेलेका हुन् ।

एभर्टनको घरेलु मैदानमा भएको खेलमा घरेलु टाेलीका लागि बेटो, अब्दुलाये डुकोरे तथा म्यानचेस्टर युनाइटेका लागि ब्रुनो फनान्डेस र म्यानुएल उगार्टेले गोल गरे ।

खेलको १९औं मिनेटमा बेटोले गोल गर्दै एभर्टनलाई अग्रता दिलाएका थिए । ३३औं मिनेटमा डुकोरेले टोलीको अग्रता दोब्बर बनाए ।

फर्नान्डेसले ७२औं मिनेटमा गोल गर्दा खेल २-१ को स्थितीमा आयो । खेलको ८०औं मिनेटमा उगार्टेले युनाइटेडका लागि बराबरी गोल फर्काए ।

त्यसपछि थप गोल निस्कन नसक्दा दुवै टोली अंक बाँड्न बाध्य बने ।

यससँगै २६ खेलमा ३१ अंक जोडेको एभर्टन १२औं स्थानमा छ । युनाइटेड समान खेलबाट ३० अंकका साथ १५औं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *