काठमाडौं । टाइम्स ‘ए’ ले अन्तर्राष्ट्रिय थ्री बाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिपको उपाधि उचालेको छ ।

बुधबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा टाइन्स ‘ए’ ले राइभल पाकिस्तानलाई २१-१७ ले हराउँदै लगातार दोस्रो पटक उपाधि जित्यो ।

नेपाल बास्केटबल संघ र श्री बाई श्री नेपालको आयोजनामा सम्पन्न दोस्रो संस्करणमा टाइम्स ‘ए’ का सदिस प्रधान सर्वोत्कृष्ट खेलाडी घोषित भए ।

पहिलो सेमिफाइनलमा राइभल इन्डियालाई टाइम्स ‘ए’ ले २१-१३ ले हराएको थियो । दोस्रो सेमिफाइनलमा राइभल पाकिस्तानले आर्मी ‘बी’ लाई २१-१८ ले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।

यसअघि क्वाटरफाइनलमा टाइम्सले गोल्डेनगेट इन्टरनेसनल कलेज ‘ए’, राइभल इन्डियाले आर्मी ‘ए’, होउन्ड्सले आर्मी ‘बी’ तथा राइभल पाकिस्तानले एसवाइएमलाई पराजित गरेका थिए ।

प्रतियोगितामा नेपालबाट २४, बंगलादेशबाट चार, भारतबाट तीन र पाकिस्तानबाट एक टिम सहभागी सहभागी थिए ।

विजेतालाई प्रमुख अतिथि नेपालका लागि कतारी राजदूत मिसाल विन मोहम्मद अल अन्सारी, विशेष अतिथि राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम, नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङ, महासचिव नरेन्द्र थापा, श्री बाई थ्रीका कोर्डिनेर शरद विष्ट, म्यानेजमेन्ट जिम्मेवार पाएको आइडिया पिक्सेसका प्रतिनिधि पवनराज जोशी र बास्केटबलको आधिकारिक पोशाक वितरक लिनिङ्कका संस्थापक राजेन महर्जनले पुरस्कृत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *