भारतलाई हराउँदै नेपाल बास्केटबल टोलीले श्री बाई श्री अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि जितेको छ ।

त्रिपुरेश्वरको कभर्डहलमा शनिबार विजय बुर्जाको कप्तानीमा रहेको नेपालले भारतलाई २१-१७ ले हराएको हो ।

कप्तान विजयसँगै टोलीमा मनिष केसी, निश्चल महर्जन र निकेश राखल मगरले उत्कृष्ट प्रदर्शन गरेका थिए । निकेश नै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले २५० अमेरिकी डलर प्राप्त गरेका छन् । विजेता नेपालले १२ सय र उपविजेता राइभल भारतले चार सय डलर प्राप्त गरे ।

फ्रिडम ग्लोबल नेटवर्क र राइभल नेसन्सले आयोजना गरेको प्रतियोगितामा नेपाल, भारत र पाकिस्तान सहभागी थिए । डबल राउन्ड रोबिन पद्धतिमा शुक्रबार र शनिबार भएको प्रतियोगितामा शीर्ष दुईमा रहँदै नेपाल र भारतका टिम फाइनलमा स्थान बनाउन सफल भएका हुन् ।

विजेतालाई संघका अध्यक्ष भीमसिंह गुरुङ लगायतले पुरस्कृत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *