गोर्खाली रग्बी सेभन्स राष्ट्रिय पुरुष प्रतियोगिता फागुन १६ र १७ गते हुने भएको छ ।

चितवनको भरतपुरस्थित कृष्णपुर रंगशालामा हुने प्रतियोगितामा आयोजक गोर्खा रग्बी क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब र पाँच प्रदेश गरि आठ टोलीको सहभागिता रहनेछ ।

प्रतियोगिता १०औं राष्ट्रिय खेलकुदलाई लक्षित गरी आयोजना हुन लागेको हो । नेपाल रग्बी संघको प्राविधि सहयोग रहने प्रतियोगिताको विजेताले २ लाख तथा उपविजेताले १ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप), भरतपुर महानगरपालिका, प्रदेश खेलकुद विकाश परिषद् बागमतीलगायतको सहयोग रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *