काठमाडौं । एसियाली खेलकुदकी ऐतिहासिक रजत पदक विजेता करातेकी एरिका गुरुङ के वान युथ लिग खेल्न मंगलबार दुबई प्रस्थान गरेकी छन् । एरिकाले महिला ६८ केजीमाथि तौलसमूहमा खेल्ने छिन् ।
एरिकासहित ३ सदस्यीय टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले मंगलबारै एक कार्यक्रमबीच बिदाइ गरे ।
प्रशिक्षकमा अमिर राना तथा अफिसियलमा सविना श्रेष्ठ रहेका छन् । फेब्रुअरी २० देखि २३ तारिखसम्म हुने प्रतियोगितामा ८७ राष्ट्रका २ हजार ३ सय ८२ खेलाडीको सहभागिता रहने बताइएको छ ।
