नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी स्पाइकर सरस्वती चौधारी सशस्त्र प्रहरी बल (एपिएफ) को जागिर छाडेर अस्ट्रेलिया फर्किएकी छन् ।

पोखरामा सम्पन्न पाँचौं संस्करणको टाइगर कप खेल्न आएकी उनी बिहीबार अष्ट्रेलिया फर्किएकी हुन् । उनले विभागीय टोली एपिएफ क्लबबाट घरेलु प्रतियोगिता खेल्दै आएकी थिइन् ।

उनीले राजिनामा दिएको बताइएको छ । सरस्वती आठ वर्ष अगाडि सेवा प्रवेश गरेकी थिइन् ।

गत आइतबार सम्पन्न फाइनलमा आयोजक टाइगर ग्रुपसँग एपिएफ पराजित हुँदै उपविजेतामा सिमित भएको थियो । एपिएफका लागि उनले प्रधमान्त्री कप, एनभिए लिग/च्याम्पियनसिप, टाइगर कप लगातयताका थुप्रै घरेलु प्रतियोगिता जितेकी छन् ।

यसैगरी सरस्वतीले विभागीय प्रतिद्धन्द्धी नेपाल पुलिस क्लबबाट खेल्दा सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला क्लब च्याम्पियनसिपको पनि उपाधि जितेकी छन् । सरस्वतीले सन् २०१७ मा राष्ट्रिय टोलीका लागि डेब्यू गरेकी थिइन् । 

उनलाई एपिएफका खेलाडीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *