इटहरी । सुनसरीको इटहरीमा राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (एन प्याब्सन इटहरी) को आयोजनामा खेल सप्ताह २०८१ हुने भएको छ ।

एन प्याब्सन नगर कमिटी इटहरीको आयोजनामा फागुन ५, ६ र ७ गते खेल सप्ताह हुने भएको हो । खेल सप्ताहमा २१ विद्यालयका ६ हजार भन्दा माथि विद्यार्थीहरु बीच फुटबल, फुटसल, भलिबल, एथलेटिक्सलगायतका विभिन्न २८ विधाका खेल हुने खेल संयोजक तथा एन प्याब्सन इटहरी उपाध्यक्ष मिलन राईले जानकारी बताए ।

पूर्व प्राथमिक तहमा समेत आठ खेल समावेश गरी अति न्युन विद्यार्थी सङ्ख्या भएका तथा साना विद्यालयहरुको उल्लेख्य सहभागिता जनाउने एन प्याब्सन अध्यक्ष पुष्प अधिकारीले बताए ।

प्राथमिक तथा माध्यमिक तहमा छात्र तथा छात्रहरुको समेत सहभागिता रहने एन प्याब्सन सुनसरी सचिव नीरज कोइरालाले बताए। जनता क्याम्पस इटहरीको खेल प्राङ्गणमा खेल प्रतियोगिता गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *