इन्टर मियामीले मैत्रीपूर्ण खेलमा पाराग्वेको क्लब ओलिम्पियाविरुद्ध ५-० को प्रभावशाली जित निकालेको छ ।

आज बिहान सम्पन्न खेलमा मियामीको जितमा कप्तान लिओनल मेस्सीले सानदार प्रदर्शन गरे । उनले ओलिम्पियाविरुद्ध एक गोल गर्नुका साथै दुई असिस्ट प्रदान गरे ।

यस्तै, लुइस सुआरेज, फेडेरिको रेडान्डो, नोआ एलेन र रायन सेलरले समान एक गोल गरे ।

खेलको २७औं मिनेटमा मेस्सीले गोल गर्दै मियामीलाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै, फेडेरिको रेडान्डोले ४४ औं मिनेटमा गोल गर्दा मियामीले दोब्बरको अग्रता पायो ।

पहिलो हाफको इन्जुरी समयमा नोआ एलेनले गोल गर्दै मियामीलाई ३-० को अग्रता दिलाए ।

५४औं मिनेटमा सुआरेजले गोल गर्दा मियामी ४-० ले अघि बढ्यो । ७९औं मिनेटमा रायन सेलरले गोल गर्दै मियामीलाई ५-० को फराकिलो जित दिलाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *