नेपाल पुलिस क्लब पोखरमा जारी २४औं आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंंगशालामा भएको पहिलो क्वाटरफाइनल खेलमा ब्रिगेड ब्वाइज एफसीलाई २-० गोल अन्तरले पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो ।

पुलिसको जितमा विवेक पाण्डे र कप्तान राम वाजीले गोल गरे । विवेकले २८ औं मिनेटमा गोल गर्दैै पुलिसलाई अग्रता दिलाएका थिए । ४०औं मिनेटमा रामले हेड मार्फत गोल गर्दा पुलिस २-० ले बिजयी भयो । खेलको म्यान अफ दि म्याच पनि राम नै घोषित भए ।

पुलिसले सेमिफाइनल फाइनलमा चर्च ब्वाइज युनाइटेड र साविक विजेता त्रिभुवन आर्मी फुटबल क्लब मध्ये एकसँग खेल्ने छ ।

प्रतियोगिताअन्तर्गत आइतबार हुने दोस्रो क्वाटरफाइनल खेल मच्छिन्द्र फुटबल क्लब र ५ पटकको विजेता थ्री स्टार क्लबबीच हुनेछ ।

प्रतियोगिताको विजेताले १२ लाख १ हजार र दोस्रो हुने टोलीले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *