अखिल नेपाल फुटबल संघ (एन्फा)ले अन्तर्राष्ट्रिय महिला च्याम्पनसिपको लागि श्याम मानन्धर र भगवती थापालाई सहायक प्रशिक्षकको भूमिका नियुक्त गरेको छ ।

एन्फाका महासचिव किरण राईरले सोमबार उनीहरुलाई नियुक्ति पत्र हस्तान्तरण गरे । उक्त प्रतियोगिताको लागि एन्फाले यसअघि मुख्य प्रशिक्षको जिम्मेवारी राजेन्द्र तामाङलाई दिइसकेको छ ।

तामाङले प्रतियोगिताका लागि आइतबार ३० सदस्यीय प्रारम्भिक टिम घोषणा गरेका थिए ।

यसैगरी सुरजकुमार लामाले गोलकिपिङ प्रशिक्षको जिम्मेवारी पाएका छन् । नेपाल, म्यानमार, किर्गिस्तान र लेबनान सम्मिलित प्रतियोगिता फागुन ५ देखि १४ गतेसम्म दशरथ रंगशालामा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *