अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा आज नेपालले म्यानमारसँग खेल्दैछ ।
काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार साँझ ६ बजे नेपाल र म्यानमारबीचको खेल सुरु हुनेछ ।
अपराजित दुवै टोलीले एक खेल अगावै फाइनलमा स्थान बनाइसकेका छन् । नेपाल र म्यानमारबीचको लिग चरणको अन्तिम खेललाई फाइनलअघिको वार्म अपका रूपमा पनि लिइएको छ ।
यसअघि नेपालले किर्गिस्तान र म्यानमारविरुद्ध समान १-० को जित दर्ता गरेको थियो । यत म्यानमारले लेबनानलाई ३-१ र कीर्गिस्तानलाई ५-० ले पराजित गरेको थियो ।
म्यानमार भने नेपालका लागि सबैभन्दा बलियो प्रतिद्वन्द्वी हो । नेपालले म्यानमारसँग अहिलेसम्म चार खेल खेलेको छ ।
ती चारै खेलमा नेपालले जित निकाल्न सकेको छैन । तीन खेलमा पराजित भएको नेपालले एक खेलमा बराबरी खेलेको थियो ।
