काठमाडौंमा जारी महिला त्रिकोणात्मक टी–२० आई सिरिजमा नेपालले लगातार तेस्रो हार ब्यहोरेको छ ।

आइतबार भएको खेलमा नेपाल नेदरल्याण्ड्ससँग १५ रनले पराजित भएको हो । नेदरल्याण्ड्सले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २५ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि कप्तान इन्दु वर्माले सर्वाधिक ३० रन जोडिन् । यस्तै सम्झना खड्काले २३,पूजा महत्तोले १८,कबिता जोशीले १४ तथा सिता राना मगरले १० रन बनाईन् । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । 

नेदरल्याण्ड्सका आइरिस विलिङ, कारोलिन डे लाङ र हिथर सिगर्सले समान विकेट लिए । इभा लिन्च र इसाबेल वोनिङले समान १ विकेट लिए ।

त्यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभरमा ९ विकेट गुमाएर १४० रन बनायो ।

नेदरल्याण्ड्सका लागि कप्तान डे लीडेले ३८ बलमा चार चौका र एक छक्कासहित ४१ रनको योगदान गरिन् । त्यस्तै हेथर सेगर्सले २६ रन बनाइन् । यसैगरी फेबे मोल्केनबोएर र रोविन रिकेले समान २१ रन जोडे । अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका लागि सिता राना मगरले ४ ओभरमा १२ रन दिएर ५ विकेट लिइन् । उनले करियरको दोस्रो पाँच-विकेट फिगरको बलिङ गरेकी हुन् । यो उनको बेस्ट बलिङ समेत हो । मनिषा उपाध्यायले २ विकेट लिँदा कविता जोशी र इन्दु बर्माले समान १ विकेट लिए ।

हारसँगै नेपालको उपाधि सम्भावना कमजोर बनेको छ ।यसअघि नेपालले सिरिजको सुरुवाती दुवै खेल गुमाएको थियो । बिहीबार नेदरल्याण्ड्ससँगको पहिलो खेल गुमाएको नेपाल शनिबार थाइल्याण्डसँग पराजित भएको थियो ।

थाइल्याण्डले २ र नेदरल्याण्ड्सले १ खेल जितेका छन् । हरेकले एकआपसविरुद्ध तीन खेल खेल्नेछन् । तीन देश सहभागी सिरिजको शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ । 

नेपालले अब आफ्नो चौथो खेलमा मंगलबार थाइल्याण्डको सामना गर्नेछ । नेदरल्याण्ड्स र थाइल्याण्डबिचको खेल सोमवार हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *