भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले वार्षिक नमन अवार्ड २०२५ अन्तर्गत भारतका महान क्रिकेटर सचिन तेन्डुल्करलाई लाईफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरेको छ ।
मुम्बईमा आयोजित एक कार्यक्रममा बीसीसीआईले सचिनलाई ‘कर्नल सी के नायडु’ पुरस्कारबाट सम्मानित गरेको हो । कार्यक्रममा भारतका चर्चित पुरुष तथा महिला क्रिकेटरहरुको उपस्थिति रहेको थियो ।
यसअघि बीसीआईले सचिनलाई ‘कर्नल सी के नायडु’ पुरस्कारबाट सम्मान दिने घोषणा सामाजिक सञ्चालबाट गरेको थियो। सचिनले आफ्नो क्रिकेट जीवनमा १०० अन्तर्राष्ट्रिय शतक बनाउनु साथै कुल ३४ हजार ३५७ अन्तर्राष्ट्रिय रन बनाएका थिए ।
सचिनले २०० टेष्ट र ४६३ एकदिवसिय क्रिकेट खेलेर कीर्तिमान समेत बनाएका छन् । यसअघि सचिन भारत रत्न, पद्य भुषण, पद्य विभुषण, अर्जनु पुरस्कार र आईसीसी क्रिकेट हल अफ फेसबाट सम्मानित भइसकेका छन् ।
