बिर्तामोड । भद्रपुर नगरपालिकालाई ७ विकेटले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन बिर्तामोडले दोस्रो संस्करणको बर्खा स्मृति अन्तरपालिका टि ट्वान्टी पुरुष क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको भद्रपुरले १ सय २४ रन बनाएको थियो । भद्रपुरको आगि सुमन भट्टराईले सर्वाधिक २८ रनको योगदान गरे पनि अन्य ब्याटरले साथ दिन सकेनन् ।

जवाफी ब्याटिङमा उत्रेको बिर्तामोडले १७.३ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य प्राप्त गर्यो । बिर्तामोडको लागि अविजित रहेका सिवान्स बजगाईंको ६४ रन र दिपु भुजेलको ४२ रन बनाए । खेलको प्लेयर अफ द म्याच सिवान्स बजगाईं भए । उनले नगद ७हजार र ट्रफी पाए ।

उपाधिसँगै बिर्तामोडले नगद १ लाख ५० हजार र दोस्रो भद्रपुरले ७५ हजार रुपैयाँ मेडल, ट्रफी, प्रमाणपत्रमा चित्त बुझायो ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी भद्रपुरका अंकित सुवेदी भए । उनले नगद १२ हजार र ट्रफी पाए। उत्कृष्ट ब्याटर गौरादहका सुरज न्यौपाने, बलर मेचीनगरका शिव राजवंशी, फिल्डर दमकका कुशल दंगाल, विकेट किपर बुद्धशान्तिका अर्पण कार्की भए । फेयर फ्ले अवार्ड कचनकवलले प्राप्त गर्यो ।

यसअघि भएको बर्खा इन्डो नेपाल महिला क्रिकेट प्रतियोगितामा भारतको महिला क्रिकेट टिम विजयी भयो। समय अभावमा १२ ओभरमा खेलाइएको खेलमा नेपाली महिला टिमले सामान्य ५२ रन बनाएको थियो ।

अप्सरी बेगमले २६ रन बनाए पनि अन्य खेलाडीले दोहोरो अंकको स्कोर बनाउन सकेनन्। त्यस्तै, ५३ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रेको भारतको टिमले १०.२ ओभरमा लक्ष्य प्राप्त गर्यो । भारतका लागि हेप्पी सरकारले २३ रन बनाइन् र खेलाडीले दोहोरो अंक जोडन सकेनन् ।

पहिलो खेल नेपालले जितेको थियो भने दोस्रो खेल भारतले जितेको हो । साथै, रन रेटको आधारमा भारत विजेता बन्दै सम्मानित भएको आयोजक बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिका अध्यक्ष मदन प्रसाईले जानकारी दिए ।

Source: Jhapa Today

Leave a Reply

Your email address will not be published. Required fields are marked *