ललितपुर । पुष्पसदन कप राष्ट्रब्यापी विद्यालयस्तरीय आमन्त्रण टेबलटेनिस प्रतीयोगीता बिहीबारदेखि कीर्तिपुरमा सुरु हुँदैछ ।

पुष्पसदन सेकेण्डरी बोर्डिङ स्कुलको आयोजनामा माघ २६ गतेसम्म चल्ने प्रतीयोगीतामा ३० वटा विद्यालयका २ सय ३० जना विद्यार्थीले सहभागीता जनाउने पुष्पसदनका अध्यक्ष महेश श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार १ सय ५४ जना छात्र तथा ७६ जना छात्राले प्रतियोगिता प्रतिस्पर्धा गर्दै छन् । प्रतीयोगीतामा छात्रका यु-११, यु-१३, १३ वर्ष माथिका कक्षा १० सम्मका विद्यार्थी र टिम ईभेन्ट गरि ४ ईभेन्टमा प्रतीयोगीता संचालन हुने प्रतीयोगीताका टेक्निकल हेड राकेश महर्जनले जानकारी दिए ।

यसैगरी उनका अनुसार प्रतीयोगीतामा छात्राका पनि यु-११, यु-१३, १३ वर्ष माथिका कक्षा १० सम्मका विद्यार्थी र टिम ईभेन्ट गरि ४ ईभेन्टमा प्रतिस्पर्धा हुनेछ । विजेताले ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन ।

प्रतीयोगीता पुष्पसदनको टेबलटेनिस कोर्टमै हुनेछ । पुष्पसदनले एक महिना अघि मात्रै चेस प्रतीयोगीता गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *