पोखरा । पोखरामा जारी दोश्रो विश्वविद्यालय खेलकुद प्रतियोगिताको टेबलटेनिस प्रतियोगितामा त्रिभुवन विश्वविद्यालयले दुई स्वर्ण प्राप्त गरेको छ ।

महिला तथा पुरुष डबलस्मा त्रिभुवन विश्वविद्यालयका टिमले स्वर्ण जितेका हुन् । महिला डबलस्मा सिक्का सुवाल र दिया देउलाको टिमले काठमाण्डौको सुजाता पौडेल स्वस्थी प्रधानको जोडीलाई पराजित गरेको हो ।

यस्तै पुरुष डबलसमा सिर्दाथ तामाङ र राजोज मान थाकुको टीमले गण्कीको गनन्जय दाहाल र अनुष कुँवरको टिमलाई पराजित गरेको हो ।

यस्तै महिलामा पोखरा र गण्डकी तथा पुरुषमा काठमाण्डौ र पुर्वान्चल विश्व विद्यालय तृतीय भइएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *