फाल्डो जुनियर टुर नेपाल च्याम्पियनसिप अन्तर्गत दोस्रो दिन समग्र र पुरुष १७-२१ वर्ष उमेर समूहमा नेपाल नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य शीर्षस्थानमा कायमै रहेका छन् ।

उनले १-अन्डर ६७ को सानदार प्रदर्शन गर्दै ३६-होलको समाप्तीमा कूल इभन-पार १३६ स्कोर बनाए । पुरुष १७-२१ वर्ष उमेर समूहमा सदभावले प्रकृत तामाङलाई ९ स्ट्रोकले पछि पारेका छन् । प्रकृतले ५-ओभर ७३ खेल्दै कुल ९-ओभर १४५ को स्कोर निकाले । स्वप्निल भट्टराई लगातार दोस्रो दिन ७-ओभर ७५ खेल्दै १४-ओभर १५० सहित तेस्रो स्थानमा छन् ।

पुरुष १२-१६ वर्ष उमेर समूहमा, सिद्धान्त सापकोटा शीर्षस्थानमा उक्लिए । उनले ११ ओभर ७९ खेल्दै ३६-होलको खेल सकिँदा कुल ३०-ओभर १६६ स्कोर बनाए । उनले इधान्त सिंह साउदलाई १ स्ट्रोकले पछि पारे । इधान्तले दोस्रो दिन १९-ओभर ८७ खेल्दै कुल ३१-ओभर १६७ को स्कोर जोडे । यो स्कोरमा पहिलो दिन शीर्ष स्थानमा रहेका इधान्त दोस्रो स्थानमा तल झरे । सोहम अग्रवाल १७४ स्कोर सहित तेस्रो स्थानमा छन् । उनले आज ८२ स्कोर बनाए ।

महिला १२-२१ वर्ष उमेर समूहमा अभानी राईले आफ्नो अग्रता अझै फराकिलो बनाइन् । उनले १७-ओभर ८५ खेल्दै कुल ३७ ओभर १७३ स्कोर जोडिन् । अनभद्धया मल्ल ९७ को स्कोरमा कुल १९५ सहित दोस्रो स्थानमा छन् । पहिलो दिन पश्चात सात गल्फरहरू बाहिरिएका थिए । जसका करण दुई गल्फरलबीच मात्र प्रतिस्पर्धा चलिरहेको छ ।

सदभावले फ्रन्ट नाइनमा २-अन्डर ३२ खेले । पहिलो, चौथो, आठौं र नवौं होलमा बर्डी गरेका उनले दोस्रो र सातौं होलमा बोगी प्रहार गरे । यसपछि ११औं र १७औं होलमा बर्डी खेले तर १४औं, १५औं र १६औं होलमा बोगी खेपेपछि उनी ब्याक नाइन १-ओभर ३५ मा सकाउन बाध्य भए ।

प्रकृतले फ्रन्ट नाईनमा २-ओभर ३६ र ब्याक नाईनमा ३-ओभर ३७ खेले । स्वप्निलले ४-ओभर ३८ र ३-ओभर ३७ स्कोर बनाए । पुरुष १२-१६ वर्ष समूहमा, सिद्धान्तले फ्रन्ट नाईनमा ४-ओभर ३८ र ब्याक नाईनमा ७-ओभर ४१, इधान्तले ९-ओभर ४३ र १०-ओभर ४४, तथा सोहमले ४२ र ४० स्कोर गरे । महिला समूहमा, अभानीले ४७ र ३८, अनभद्धयाले ५३ र ४४ स्कोर गरिन् ।

प्रतियोगितामा चार प्रदेशका ३१ जना जुनियर गल्फरहरू सहभागी छन् । प्रत्येक समूहका विजेताले अप्रिल २३-२५ मा भियतनामको ला-लगुना मा आयोजना हुने फाल्डो जुनियर टुर एसिया ग्रान्ड फाइनल मा स्थान बनाउनेछन् ।

नेपाल नम्बर एक एमेच्योर गल्फर सदभाव भने गत नोभेम्बरमा यूएईमा सम्पन्न फाल्डो जुनियर टुर युरोपियन ग्रान्ड फाइनलको उपाधि जितेका कारण सिधै छनोट भइसकेका छन् । त्यसैले यो वर्ष नेपालबाट गल्फर प्रतिनिधित्व गर्ने संख्या चार पुग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *