काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्यारापिट निमार्ण र प्लड लाइट जडानका लागि बोलपत्र स्वीकृति प्राप्त भएको छ ।
बोलकबोलमार्फत काठमाडौंको टङ्गालमा रहेको बकोइ केसिडिसी बिजी जेभीले प्यारापिट निर्माण तथा ललितपुरको ललितपुरको गुसिंगलस्थित विशाण-ईश्वरी जोइन्ट भेन्चरले फ्लड लाइट जडानको जिम्मेवारी प्राप्त गरेका छन् ।
प्यारापिट निर्माणका लागि ४३ करोड ७७ लाख तथा फ्लड लाइट जडानका लागि ४२ करोड १९ लाखको बोलपत्र स्वीकृत भएको शहरी विकास मन्त्रालयअन्तर्गत संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले जनाएको छ ।

