पोखरा । न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई हराउँदै आयोजक टोली पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको महिलातर्फ फाइनलमा प्रवेश गरेको छ ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालामा शनिबार भएको दोस्रो क्वालिफायरमा न्यु डायमन्डलाई ३-१ सेटले पराजित गर्दै आयोजक टोली उपाधिनजिक पुगेको हो ।

पहिलो सेट १६-२५ ले गुमाएको आयोजक टाइगर ग्रुपले दोस्रो, तेस्रो र चौथो सेटमा उत्कृष्ट पुनरागमन गर्दै फायलन यात्रा सुरक्षित गर्यो । टाइगर ग्रुपले दोस्रो सेट २५-१९, तेस्रो २५-१५ र चौथो सेट २५-२३ ले आफ्नो पक्षमा पायो ।

आयोजक टोलीले अब उपाधिका भोलि सशस्त्र प्रहरी बल एपिएफसँग खेल्नेछ । पराजित भएको न्यु डायमन्ड तेस्रो बनेको छ । तेस्रो बनेको न्यु डायमन्डले एक लाख ८५ हजार ५५५ रुपैयाँ प्राप्त गर्यो ।

अब पुरुषतर्फ दोस्रो क्वालिफायरमा गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल साढे १ बजेबाट सुरु हुने तालिका छ । यो खेलको विजेताले उपाधिका लागि नेपाल पुलिस क्लबसँग भिड्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *