युगान्डाका ज्याकब किप्लिमोले हाफ म्याराथनमा विश्व कीर्तिमान कायम गरेका छन् ।
उनले ५७ मिनेट भन्दा कम समयमा दौड पुरा गर्दै विश्व कीर्तिमान कायम गरेका हुन् ।
२४ वर्षिया खेलाडी किप्लिमोले बार्सिलोनामा भएको हाफ म्याराथनमा निर्धारित दूरी ५६ मिनेट ४२ सेकेन्डमा पूरा गरे ।
उनले गत अक्टोबरमा इथोपियाली धावक योमिफ केजेल्चाले भ्यालेन्सिया हाफ म्याराथनमा कायम गरेको ५७ मिनेट ३० सेन्डको कीर्तिमान भंग गरेका हुन् ।
‘म उत्कृष्ट प्रदर्शन गर्न चाहन्थें, तर विश्व कीर्तिमान तोड्ने आशा गरेको थिइन,’ किप्लिमोले भने ।
