साल्सबर्गमाथि रियालको सहज जित

२०८१, १० माघ बिहीबार ०७:३८

रियाल मड्रिडले युइएफए च्याम्पियन्स लिगमा सहज जित हासिल गरेको छ ।

बुधबार राती भएको खेलमा रियालले आरबी साल्जबर्गलाई ५-१ को गोल अन्तरले पराजित गरेको हो ।

रियालको घरेलु मैदान स्यान्टियागो बर्नाबेउमा भएको खेलमा रियाललाई जित दिलाउन रोड्रिगो र भिनिसियसले समान दुई तथा किलियन एमबाप्पेले एक गोल गरे । म्याड्स बिडस्ट्रपले गरेको गोल साल्जबर्गका लागि सान्त्वना बन्यो ।

रोड्रिगोले २३औं र ३४औं मिनेटमा गोल गरेपछि रियलले पहिलो हाफमा २-० को अग्रता बनायो । एमबाप्पेले ४८ औं मिनेटमा गोल गरे । जुनियरले ५५औं र ७७औं मिनेटमा गोल गरेपछि रियलले फराकिलो अग्रता लियो ।

निर्धारित समय सकिन पाँच मिनेट बाँकी रहँदा बिडस्ट्रपले साल्जबर्गका लागि सान्त्वना गोल फर्काए ।

जितसँगै सात खेलबाट १२ अंक जोडेको रियाल १६औं स्थानमा छ । पराजित साल्जबर्ग समान खेलबाट तीन अंकका साथ ३४औं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *