साउदी प्रो लिगमा अल नासर बराबरीमा रोकिएको छ । गएराति अल नासर अल टावनसँग १–१ को बराबरीमा रोकिएको हो ।

अल टावनको घरेलु मैदानमा भएको खेलमा साद अल नासेरको गोलमार्फत घरेलु टोलीले अग्रता लिएको थियो । उनले पहिलो हाफको इन्जुरी समयको पाँचौं मिनेटमा गोल गरेका थिए ।

खेलको ६४औं मिनेटमा एमेरिक लापोर्टेले अल नासरका लागि बराबरी गोल गरेका थिए ।

बराबरीपछि अल नासर १५ खेलबाट २९ अंकसहित तालिकाको चौथौं स्थानमा झरेको छ । अल टावनको १५ खेलमा २२ अंकसहित आठौं स्थानमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *