नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई एक खेलको प्रतिबन्ध लागेको छ ।

जय ट्रफीका क्रममा अम्पायरको निर्णयमाथि सामाजिक सञ्जालमा टिप्पणी गरेपछि नेपाल क्रिकेट संंघ (क्यान) ले अनुशासन कारबाही स्वरूप यो निर्णय गरेको हो ।

क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार सन्दीपले क्यानको आचारसंहिताको नियम २.७ उल्लंघन गरेका कारण उनलाई एक खेलको प्रतिबन्ध लगाइएको हो ।

सन्दीपले अब क्यानले आयोजना गर्ने कुनै प्रतियोगितामध्ये एक खेल खेल्न पाउने छैनन् । सोही विषयमा उनीसँग स्पष्टीकरण पनि सोधिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *