प्रिमियर लिग क्लब लिभरपुल एफए कप फुटबलको चौथों चरणमा प्रवेश गरेको छ । चौथों डिभिजनको क्लब एक्रिंगटन स्टेनली एफसीलाई ४-० ले पराजित गर्दै लिभरपुल चौथों चरणमा प्रवेश गरेको हो ।
शनिबार घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलको तर्फबाट डिएगो जोटा, ट्रेन्ट अलेक्जेंडर आर्नोल्ड, जेडन डान्स र फेडेरिको चेइसाले समान एक गोल गरे ।
खेलको २९औं मिनेटमा जोटाले गोल गर्दै लिभरपुललाई पहिलो अग्रता दिलाएका थिए । ४५औं मिनेटमा आर्नोल्डले टोलीको अग्रता दोब्बर बनाए ।
त्यसपछि लिभरपुलका लागि खेलको ७६औं मिनेटमा डान्सले गोल गर्दै टिमलाई थप बलियो बनाउन सफल भए । निर्धारित समयको अन्तिम मिनेटमा चेइसाले गोल गर्दै टोलीलाई ४-० को सहज जित दिलाए ।
