रियल म्याड्रिड स्पेनिस सुपर कपको फाइनलमा पुगेको छ ।

बिहीवार राति साउदी अरेबियास्थित किङ पावर स्टेडियममा भएको दोस्रो सेमिफाइनलमा मलोर्कालाई ३-० गोल अन्तरले पराजित गर्दै रियल फाइनलमा पुगेको हो ।

रियलको जितमा जुड बेलिङघम र रोड्रिगोले गोल गरे भने अर्को गोल आत्मघाती गोल भयो । बेलिङघमले खेलको ६३औं मिनेटमा गोल गर्दै रियललाई अग्रता दिलाए ।

त्यसैगरी इन्ज्युरी समयको तेस्रो मिनेटमा मलोर्काका मार्टिन भाल्जेन्टले आत्मघाती गोल गरेपछि रियलको अन्तर दोब्बर भयो । रोड्रिगोले इन्ज्युरी समयको पाँचौं मिनेटमा गोल गर्दै रियलको ३-० को जित पक्का गरे ।

अब रियलले आइतवार उपाधिको लागि बार्सिलोनाको सामना गर्नेछ । बुधवार भएको पहिलो सेमिफाइनलमा एथलेटिक क्लबलाई २-० ले हराउँदै बार्सिलोनाले फाइनलको यात्रा तय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *