नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टिम कर्णाली याक्सका युवा स्पिनर विपिन शर्मा गृहजिल्ला सुर्खेतमा सम्मानित भएका छन् ।

बुधबार सुर्खेत उद्योग वाणिज्य संघले युवा स्पिनर शर्मालाई सम्मान गरेको हो । संघका अध्यक्ष लक्ष्मण कँडेललगायतका पदाधिकारीले नगद पाँच हजार, दोसल्ला र प्रशंसापत्रसहित सम्मान गरेका हुन् । 

कर्णाली याक्सलाई एनपीएलको दोस्रो क्वालिफायरसम्म पुऱ्याउदा विपिनले टिमबाट सबैभन्दा बढी १३ विकेट लिएका थिए । दिग्गज विदेशी ब्याटरहरूलाई आफ्नो स्पिनको जादुमा नचाएका विपिन एनपीएलको उदीयमान खेलाडी घोषित भएका थिए ।

विपिन कर्णाली याक्सको ट्यालेन्ट हन्टबाट आइकोनिक प्लयेरका रूपमा एनपीएलका लागि छानिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *