म्यानचेस्टर युनाइटेडले युइएफए युरोपा लिगमा सहज जित हासिल गरेको छ । युनाइटेडले बिहीबार घरेलु टोली एफसिएसबीलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
पाहुना टोली युनाइटेडलाई जित दिलाउन डियगो डालोट र कोबी माइनोले गोल गरे। दुवै गोल दोस्रो हाफमा सम्भव भएका थिए ।
खेलको ६०औं मिनेटमा डालोटको गोलमार्फत युनाइटेडले अग्रता लिएको थियो । त्यसको ८ मिनेटपछि नै माइनोले टोलीको अग्रता दोब्बर बनाए ।
त्यसपछि थप गोल निस्कन नसक्दा युनाइटेडले आफ्नो अपराजित यात्रालाई कायम राख्यो ।
जितसँगै युनाइटेड ८ खेलबाट १८ अंक जोडेर तेस्रो स्थानमा छ । पराजित एफसिएसबी समान खेलबाट १४ अंकका साथ ११औं स्थानमा छ ।
बिहीबारै सम्पन्न अन्य खेलमा टोटनहम, रोमा, आयाक्स, एट्लेटिक क्लब बिल्वाओ, होफिनहेइम र रेन्जर्सले पनि जित निकाले ।
