विराटनगर । विराटनगर महानगरस्तरीय यु-१५ प्याब्सन प्रेसिडेन्ट कप फुटबल प्रतियोगिता सुरु भएको छ ।

प्याब्सन विराटनगरको आयोजनामा मंगलबारदेखि सुरु भएको प्रतियोगितामा पहिलो दिन एक दर्जन विद्यालय विजयी भएका छन् ।

विराटनगरस्थित जुटमिलको खेल मैदान र डिपीएस स्कुलको खेल मैदानमा भएको खेलमा विराटनगरका अर्पण, ग्यालेक्सी, सिद्धार्थ, बुढानिकलकण्ड, अरनीको, डिएभी, डिपिएस, स्टार, गोदावरी, बिकेभिएम, एजेलिया र मोडर्न एरा स्कुल विजयी भएका हुन् ।

प्रतियोगिताको पहिलो खेलमा अपर्ण स्कुलले एमिटी स्कुललाई ५-० गोलले पराजित गर्यो । सोही दिन भएको दोस्रो खेलमा ग्यालेक्सी स्कुलले विराट शिक्षा निकेतनलाई ३-० गोलले हरायो ।

त्यस्तै सिद्धार्थ स्कुलले पूर्वाञ्चल स्कुललाई ३-० गोलले निराश बनाउँदा बुढानिकलण्ठ स्कुलले एभरेष्ट स्कुललाई ५-३ गोलले हरायो । अरनिको स्कुलले ग्रेडेड स्कुलाई ३-० गोलले पराजित गर्यो भने अर्को खेलमा डिएभी स्कुलले पोलस्टार स्कुललाई ४-० गोलले हरायो ।

मोर्डन एराले कान्तिपुर स्कुललाई १-० गोलले स्तब्ध बनाउँँदा बिकेभिएमले सनसाइन स्कुललाई १-० पराजित गर्यो । डिपिएसले जेम्स स्कुललाई टाइब्रेकरमा ४-३ गोलले हरायो ।

एजेलिया स्कुलले गौतम बुद्ध स्कुललाई १-० र स्टार स्कुलले ग्रिनल्याण्ड स्कुललाई १-० गोलले हरायो । गोदावरी स्कुलले सगरमाथा स्कुललाई टाइब्रेकरमा ४-३ गोलले निराश बनायो ।

बुधबार चार खेल हुने प्रतियोगिताको संयोजक दिनेश ढुंगानाले जानकारी गराए । माघ १७ गतेसम्म हुने प्रतियोगितामा विराटनगरका २४ वटा विद्यालयको सहभागी रहेको प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *