चीनको युनान युथ फुटबल टिमसँग मैत्रीपूर्ण फुटबल खेलका लागि ४५ खेलाडी बन्द प्रशिक्षणमा बोलाइएको छ ।

नेपाली युवा टोलीका मुख्य प्रशिक्षक राजेश शाहीले मैत्रीपूर्ण खेलका लागि प्रारम्भिक चरणमा ४५ खेलाडीलाई बोलाएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फेब्रुअरी १५ मा चीनको युनान युथ फुटबल टिमविरुद्ध मैत्रीपूर्ण खेल खेल्दैछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपालस्थित चिनियाँ दूतावासबीचको सहयोगमा यो खेल हुन लागेको हो । एन्फाले आवश्यक सबै प्राविधिक सहयोग प्रदान गर्नेछ । यसैगरी युनान खेलकुद ब्युरो र राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले दूतावाससँगको सहकार्यमा सहयोग गर्नेछन् ।

बोलाइएका खेलाडी :
अमित टमटा, जियारथ सेख, कृष्णल मोक्तान, विशाल केसी, रुबोन बोगटी, आयुष तिमिल्सिना, अश्विन घोरासैनी, विक्रम तामाङ, निर्मल बल, राम थापा, सविन घिमिरे, सिमन्त थापा, दिपक थापा गर, अविनाश स्याङ्तान, लाछु थापा, सरोज दर्लामी, प्रशान्त लक्क्षम, अनिल भोम्जम, धनसिंह विके, धर्मेन्द्र कुँवर, न्यिमा वाङ्गेल तामाङ, निरोज कार्की, समीर तामाङ, निराजन धामी, गौरव महर्जन, निनसाङ लिम्बू, जंग प्रकाश बम, उनीश बुढाथोकी, सोहन स्याङ्तान, सन्तोष गोबंवा, विज्ञान खड्का, सुजन डंगोल, निशान राज लावती, विजय उरावा, रोमन श्रेष्ठ, कृष्णबहादुर आले, सविनकुमार लुंगेली, विक्रम गौतम, प्रशान्त मोक्तान, रोशन तामाङ, श्रेजन दानी, रोहन खड्गी, नीरज चौधरी, मिराक लिङ्देन र माइकल थापा।

Leave a Reply

Your email address will not be published. Required fields are marked *