काठमाडौं । आगामी बिहीबारदेखि काठमाडौंमा सुरू हुने  महिला टी २० आई सिरिजका खेलहरू हेर्न प्रवेश नि:शुल्क गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित सिरिजका सबै खेलहरू टिकटबिना नि:शुल्क हेर्न सकिने जनाएको छ ।

सिरिज जनवरी ३० देखि फेब्रुअरी ७ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । सिरिजको उद्घाटन खेलमा घरेलु टोली नेपाल र नेदरल्याण्ड्स भिड्ने छन् ।

सिरिजमा सहभागी टोलीले एकअर्कासँग ३ पटक खेल्नेछन् । लिग चरणको अंक तालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ ।

सिरिजका लागि क्यानले इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा गरिसकेको छ ।

नेपाली महिला टोली
इन्दु बर्मा(कप्तान), बिन्दु रावल, सम्झना खड्का, कविता कुवँर, ममता चौधरी, पुजा महतो, राजमती ऐरी, रुविना क्षेत्री, कविता जोशी, रोमा थापा, मनिषा उपाध्याय, अलिसा कुमारी यादव, रेवती धामी, इश्वरी बिष्ट र सिता राना मगर

सिरिजमा नेपाली टोलीको खेलतालिका
३० जनवरी (माघ १७ गते) – नेदरल्याण्ड्ससँग
१ जनवरी (माघ १९ गते) – थाइल्याण्डसँग
२ फेब्रुअरी (माघ २० गते) – नेदरल्याण्ड्ससँग
४ फेब्रुअरी (माघ २२ गते ) – थाइल्याण्डसँग
५ फेब्रुअरी (माघ २३ गते) – नेदरल्याण्ड्ससँग
७ फेब्रुअरी (माघ २५ गते)– थाइल्याण्डसँग

Leave a Reply

Your email address will not be published. Required fields are marked *