मेक्सिकन क्लब लियोनले कोलम्बियन मिडफिल्डर जेम्स रोड्रिग्वेजलाई अनुबन्ध गरेका छ ।
स्पेनिस क्लब रायो भालेकानोसँग सम्झौता भंग भएपछि रोड्रिग्वेज फ्री ट्रान्सफरमा लियोनमा अनुबन्ध भएका हुन् । लियोन मेक्सिन क्लब फुटबलमा शीर्ष वरीयताको लिग खेल्ने क्लब हो । कोलम्बियाको राष्ट्रिय टिमका कप्तानका लागि ला लिगामा दोसो यात्रा सुखद् रहन सकेन ।
ला लिगा क्लब भालेकानोमा मात्रै ७ खेल खेलेपछि क्लबसँग रोड्रिग्वेजले सम्झौता तोडेका हुन् । दुई पक्षको सहमतिमा सम्झौता अन्त्य भएपछि उनी फ्री एजेन्ट बनेर नयाँ क्लबमा पुगेका हुन् ।
त्यसअघि उनी ब्राजिलियन क्लब साओ पाउलोमा थिए । रियल मड्रिड छाडेपछि ६ क्लब फेरिसकेका रोड्रिग्वेजका लागि लियोन सातौं क्लब हो । उनी सन् २०१९ सम्म रियलका खेलाडी थिए । नयाँ क्लब लियोनले रोड्रिग्वेजसँग दुई वर्षको सम्झौता गरेको बताइएको छ ।
