भारत र इङ्गल्याण्डबीचको टी-२० सिरिजको तेस्रो खेल आज मंगलबार राजकोटमा हुदैछ । भारत इङ्ग‌ल्याण्डबीचको उक्त खेल नेपाली समयअनुसार बेलुकी ७:१५ बजेदेखि शुरु हुनेछ ।

पाँच म्याचको सिरिजमा खेलिएका पहिलेका दुई खेलमा भारतले दुवै खेलमा जित हासिल गर्दै सिरिजमा २-० ले अग्रता बनाएको छ । भारतले कोलकोता र चेन्नईमा भएका टी २० खेलमा इङ्गल्याण्डलाई पराजित गरेको थियो ।

आज खेलिने तेस्रो टी-२० खेल इङ्गल्याण्डको लागि निकै महत्वपूर्ण मानिएको छ । यदि आजको खेलमा इङ्गल्याण्डले हार व्यहोरे सिरिज नै गुमाउने छ ।

राजकोटको क्रिकेट मैदान व्याट्सम्यानको लागि अनुकुल मानिन्छ । जुन टोलीले टस जित्छ त्यसले अहिलेसम्म पहिले ब्याटिङ गर्दै आएका छन । यस्तोमा आज इङ्गल्याण्डको लागि टस निकै महत्वपूर्ण मानिएको छ ।

पहिलेका दुई खेलमा टस हारेर पहिले ब्याटिङ गरेको इङ्गल्याण्ड दुवै खेलमा पराजित भएको थियो । यो मैदानमा हाई स्कोरिङको म्याच हुदै आएको छ । त्यस्तै यो पीचमा फास्ट बलरहरुले पनि उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *