न्यूजील्याण्डकि अलराउण्डर एमेलिया केर अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) द्वारा वर्षको सर्वश्रेष्ठ महिला खेलाडी चुनिएकि छिन् ।

आईसीसीले केरलाई वर्षको सर्वश्रेष्ठ खेलाडी चुनेपछि उनले इतिहास रचेकि छिन् । उनी प्रतिष्ठित हेहोई फ्लिन्ट ट्रफीबाट सम्मानित हुने पहिलो न्युजील्याण्डकि खेलाडी समेत बनेकि छिन् ।

२४ वर्षिय केरले लोरा वोलवार्ट, चामरी अटापट्टु र अनाबेल सदरल्याण्ड जस्ता स्टार खेलाडीलाई पछि पार्दै महिला क्रिकेटरको शिर्ष स्थानमा रहन सफल भएकि थिइन्।

केर हेहोई फ्लिन्ट ट्रफीवाट सम्मानित हुने न्यूजील्याण्डको पहिलो खेलाडी बन्दै आइसीसीबाट कुनैपनि श्रेणीमा सर्वश्रेष्ठ खेलाडी बन्ने आफ्नो देशको पहिलो खेलाडी समेत बनेकि छिन् ।

सन् २०२४ को वर्ष एमेलिया केरको लागि निकै उत्कृष्ट रह्यो । उनले विश्वस्तरीय क्रिकेट प्रतियोगितामा अलराउण्डर प्रदर्शन गर्दै न्यूजील्याण्डलाई जित दिलाउन महत्वपूर्ण भूमिका निभाएकि थिइन् । लेग स्पीनर केरले न्यूजील्याण्डको तर्फबाट बलिङ र ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरेकि थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *