भारतीय कप्तान जसप्रित बुमराह शनिबार सिड्नी टेस्टको दोस्रो दिनको खेल छाडेर मैदान बाहिर निस्किएका छन् ।
समाचार एजेन्सीका अनुसार भारतीय कप्तान जसप्रित बुमराहलाई स्क्यानिङका लागि स्टेडियमबाट बाहिर निकालिएको हो । उनको अनुपस्थितिमा टोलीको नेतृत्व विराट कोहलीले गर्नेछन् ।
लन्चपछि एक ओभर फालेका उनले १ सय २५ को स्पिडमा बल फाल्दा समस्यामा परेको जनाइएको छ। करिब आधा घण्टा आराम गरे पनि उनले आफूलाई सहज फिल नगरेपछि अस्पतालतर्फ प्रस्थान गरेको जनाइएको छ ।
सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा उनी कारमा बसेर बाहिर निस्किरहेको देखिन्छ । बुमराहले स्टेडियम छोडेको बारे आईसीसीले आफ्नो एक्स ह्यान्डलमा पनि लेखेको छ ।
बुमराहले यस सिरिजमा अहिलेसम्म पाँच खेलमा १५२ ओभर बलिङ गर्दै सर्वाधिक ३२ विकेट लिएका छन् । उनले यस खेलमा १० ओभरमा ३३ रन दिएर दुई विकेट लिएका छन् ।
