भोजपुरबाट काठमाडौं लैजाने क्रममा सिन्धुलीको गोलन्जोर गाउँपालिका- ७ खुर्कोटबाट शौचालय जाने भन्दै फरार भएका नाइजेरियन नागरिकलाई ८ घण्टापछि प्रहरीले पुनः नियन्त्रणमा लिएको छ ।

अध्यागमन विभागको निर्देशनमा अवैध बसोवास गरेको भन्दै नाइजेरियन खेलाडी वलुवासोगो ग्लोरी ओडेलाई भोजपुरबाट पक्राउ गरेर प्रहरीले बीपी राजमार्ग हुँदै काठमाडौं लैजाँदै गर्दा मंगलबार साँझ शौचालय जाने भन्दै उनी फरार भएका थिए ।

उनी भोजपुरको पौवादुङमा गाउँपालिकाको केन्द्र च्याङग्रे रंगशालामा जारी दोश्रो आमन्त्रित पौवादुङमा गोल्डकप फुटबल प्रतियोगिताका लागि भोजपुर पुगेका थिए ।

सिन्धुली प्रहरीका प्रहरी उपरीक्षक (एसपी) गोविन्दराज काफ्लेका अनुसार फुटबल खेलाडी रहेका ओडेलाइ घेराबन्दी गरेर गोलन्जोरकै बारा भन्ने स्थानबाट नियन्त्रणमा लिइएको हो । काठमाडौंबाट सर्लाही जाँदै गरेको प्रदेश २-०३-००१ज ००१४ नम्बरको गाडीमा उनलाई फेला परी पुनः नियन्त्रणमा लिइएको हो । हाल ओडेलाई अध्यागमनको जिम्मा लगाएको एसपी काफ्लेले बताउनुभयो ।

Source: eKantipur

Leave a Reply

Your email address will not be published. Required fields are marked *