इंग्लिस प्रिमियर लिगमा खराब लयमा रहेको म्यानचेस्टर सिटी पुनः बराबरीमा रोकिएको छ ।

सिटि गएराति ब्रेन्टफर्डसँँग २-२ गोलको बराबरीमा रोकिएको हो । प्रिमियर लिगमा लगातार दुई खेलमा जित हात पारेको सिटी मंगलबार राति पुनः बराबरीमा रोकिएको हो ।

ब्रेन्टफर्डको घरेलु मैदानमा अग्रता भने सिटिले लिएको थियो । खेलको ६६औं मिनेटमा औं मिनेटमा केभिन डे ब्रुइनको पासमा फिल फोडेनले पहिलो गोल गर्दै सिटीलाई अग्रता दिलाए । त्यसपछि, ७८ औं मिनेटमा फोडेनले पुनः गोल गर्दै खेल २–० को स्थितिमा पुर्‍याए ।  

तर, घरेलु मैदानमा ब्रेन्टफोर्डले ८२ औं मिनेटमा विस्साले गोल गर्दै खेललाई रोमाञ्चक बनायो । त्यसपछि, इन्जुरी टाइममा ब्रेन्टफोर्डका कप्तान क्रिस्टियन नर्गार्डले हेडरमार्फत बराबरी गोल गर्दै सिटीको संभावित जितमा ब्रेक लगाए ।

बराबरीपछि सिटी २१ खेलबाट ३५ अंकका साथ तालिकाको छैटौं स्थानमा रहेको छ । समान खेल खेलेको ब्रेन्टफोर्ड २८ अंकका साथ १० औं स्थानमा छ ।

त्यस्तै, अर्को खेलमा प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुल नटिङ्घम फरेस्टसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ ।

खेलको ८औं मिनेटमै घरेलु टोली नटिङघमले क्रिस उडको गोलमा अग्रता लिएको थियो । तर लिभरपुलले ६६औं मिनेटमा डियोगो जोटाको गोलमा बराबरी गरेको थियो ।

बराबरीसँगै लिभरपुले २० खेलमा ४७ अंक बनाएको छ । नटिङघम २१ खेलबाट ४१ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ ।

प्रमियर लिगकै अन्य खेलमा चेल्सीले पनि बोर्नेमाउथसँग २-२ गोलको बराबरी खेल्दा वेस्टह्यामले फुलह्यामलाई ३-२ ले हरायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *