नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले त्रिकोणात्मक टि-२० आई सिरिज खेल्ने भएको छ ।
क्यानले शनिवार एक विज्ञप्ती जारी गर्दै माघ १७ देखि २५ गते सम्म हुने सिरिजमा नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्डको सहभागिता हुने जनाएको छ ।
सिरिजको सम्पूर्ण खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।
सहभागी टोलीले एक अर्कासँग दुई खेल खेलेपछि शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्ने छ । नेपालले माघ १७ र २० मा नेदरल्यान्ड्स तथा १८ र २१ मा थाइल्यान्डको सामना गर्नेछ ।
