नेपाल कबड्डी लिग (एनकेएल)मा जनकपुर नाइट्सले विजयी सुरुआत गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा शनिबार भएको दिनको अन्तिम खेलमा जनकपुरले खेलमा हिमालयन रेइडर्सलाई ३५–२४ ले पराजित गरेको हो । जितसँगै जनकपुरले पाँच अंक जोडेको छ ।

खेलमा हिमालयनले सुरुआतीअग्रता लिएको थियो । तर, यसपछि लगातार तीन अंक गुमाउँदै ३–१ ले पछि पर्यो । ३–३ को बराबरी खेल्दै हिमालयनले पुनरागमन गर्ने प्रयास गरे पनि सफल भने हुन सकनेन् ।

१४–८ मा अबस्थामा खेलको १२ मिनेटमा हिमालयन अलआउट भयो। त्यसपछि खेलमा केहि सुधारिएको प्रदर्शन गर्दै पहिलो हाफमा १८–११ को अबस्थामा सकायो ।

२७–१३ को अबस्थामा पुन हिमालयन दोस्रो पटक अल आउट भयो । दोस्रो हाफको १३ मिनेट दोस्रोपटक अलआउट भएको हो । कुनै समय जनकपुरले ३०–१५ को अग्रता बनाएको थियो ।

यसअघि दिनको पहिलो खेलमा बिराटनगरले धनगढी वाइल्डक्याट्सलाई ४६–३४ ले पराजित गर्यो । नेपालमा पहिलो पटक जारी फ्रेन्चाइज एनकेएल लिगमा कुल ६ टोलीको सहभागिता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *