काठमाडौं । नेपाल कबड्डी लिग (एनकेएल) खेल्नका लागि विदेशी खेलाडी र प्रशिक्षक काठमाडौं ओर्लन थालेका छन् ।भारतबाट दुई प्रशिक्षक, केन्या र बंगलादेशबाट गरी पाँच जना खेलाडी नेपाल आइसकेका छन् ।

त्रिपुरेश्वरस्थित कभर्डहलमा जनवरी १७ देखि हुने एनकेएलको पहिलो सिजनमा काठमाडौं ओर्लने पहिलो विदेशी आलोक सिंह बने । यी भारतीय प्रशिक्षक काठमाडौं माभरिक्सको टिम सम्हाल्न आइपुगेका हुन् । पोखरा लेकर्सले पनि भारतबाटै प्रशिक्षक भित्र्याएको छ । उसले राजाराम पेरियापुलियनलाई ल्याएको हो ।

धनगढी वाइल्डक्याट्सले अनुबन्ध गरेका केन्याली खेलाडी स्टेफेन एमोलो एडोंगो टिममा सामेल भइसकेका छन् । एनकेएलमा आबद्ध बंगलादेशका चार खेलाडी पनि त्रिभुवन विमानस्थलमा अवतरण गरिसकेका छन् ।

काठमाडौं माभरिक्सका मिजानुर रहमान, पोखरा लेकर्सका मोनिरुल चौधरी र सबुज मियासँगै धनगढी वाइल्डक्याट्सका यासिन आराफात पनि काठमाडौं आडपुगेका छन् ।

एनकेएलको पहिलो सिजनमा आबद्ध भएका १७ जना बिदेशी खेलाडीमध्ये बाँकी खेलाडीको आगमन केही दिनभित्रै हुने एनकेएलले जनाएको छ ।

एनकेएलको पहिलो सिजनमा ६ सहरका ६ टिमले प्रतिस्पर्धा गर्दैछन् । लिगमा विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमान्डु माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स र धनगढी वाइल्डक्याट्सले प्रतिस्पर्धा गर्दैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *