पोखरा । एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फको तेस्रो खेलमा त्रिभुवन आर्मी क्लबले सशस्त्र प्रहरी बल एपिएफलाई सोझो सेटमा पराजित गरेको छ ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा सम्पन्न विभागीय डर्बीमा एपिएफमाथि आर्मीले ३-० को सहज जित निकालेको हो । आर्मीले पहिलो सेट २५-१८, दोस्रो सेट २५-२३ र तेस्रो सेट २५-१५ ले आफ्नो पक्षमा पार्यो ।

आइतबारै सम्पन्न पुरुषतर्फको अन्य खेलमा नेपाल पुलिस क्लबले गण्डकी प्रदेश भलिबल संघलाई ३–२ तथा भारतको सुनिल कुमार भलिबल क्लबले साबिक विजेता हेल्प नेपाल स्पोर्टस क्लबलाई ३–१ को सेटमा पराजित गरेको थियो ।
आजै भएको पहिलो खेलमा महिलातर्फ आयोजक टोलीले त्रिभुवन आर्मी क्लबलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो ।
प्रतियोगितामा अब लिग चरणका खेलहरु हुनेछन् । पहिलो खेलमा जित निकाल्ने टोली र पराजित हुने टोलीले छुट्टाछुट्टै लिग खेल्नेछ । टाइगर ग्रुप अफ पोखराको आयोजनामा भएको उक्त प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ ।
