जय ट्रफी मेन्स एलिट कपका लागि मधेस प्रदेशको टोली घोषणा भएको छ ।
मधेस प्रदेश क्रिकेट संघले शुक्रवार हरिशंकर शाहको कप्तानीमा १५ सदस्यीय अन्तिम टोलीको घोषणा गरिएको हो । नेपाल क्रिकेट संघ(क्यान) को आयोजनामा जय ट्रफी पुस २१ देखि २९ गते सम्म मधेश प्रदेशको जनकपुर र वीरगन्जमा हुनेछ ।
मधेसले पहिलो खेल बागमती प्रदेशसँग खेल्ने छ । दोस्रो खेलमा नेपाल पुलिस क्लबसँग खेल्ने मधेस लिग चरणको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ ।
गत वर्ष भएको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको शीर्ष चारमा रहेका टोली(नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश तथा मधेश प्रदेश) को सहभागिता रहने छ ।
सिंगल राउण्ड रोबिनका ६ खेलपछि शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ । लिग चरणका खेल दुई दिवसीय हुनेछ भने फाइनल खेल तीन दिवसीय हुनेछ ।
मधेश प्रदेशको टोली
हरि शंकर शाह(कप्तान), मयन यादव, साहिल पटेल, रुपेश सिंह, अभिषेक तिवारी, राजेश यादव, भुलवान साहनी, विशाल पटेल, हिमाशुं दत्त, प्रदिप पासवान, अरफुदीन रेन, रञ्जित कुमार, राहुल मण्डल, शैलेन्द्र शाह र निरज कुमार यादव
वैकल्पिक खेलाडीहरु
अरनिको यादव, विशाल सुशलिङ, राज पटेल र सफवान अलि
