घरेलु मैदानमा सहज जित निकाल्दै चेल्सी इङ्लिस प्रिमियर लिगको चौथो स्थानमा उक्लिएको छ ।
सोमबार राती भएको खेलमा वुल्भ्सलाई ३–१ ले पराजित गरेको चेल्सी न्युकासल र म्यानचेस्टर सिटीलाई दुई अंकले पछि पार्दै चौथो स्थानमा उक्लेको हो ।
चेल्सीको जितमा टोसिन अदाराबिओयो, मार्क कुकुरेया , नोनी मडुकेले समान १ गोल गरे । वुल्भ्सका लागि म्याट डोहर्टीले एक गोल फर्काए ।
खेलको २४ औं मिनेटमा अदाराबिओयोको गोलमार्फत चेल्सीले अग्रता लिएको थियो । पहिलो हाफको इन्ज्युरी समयमा डोहर्टीले गोल फर्काए ।
कुकुरेयाको खेलको ६० औं मिनेटमा गोल गर्दा चेल्सीले २-१ अग्रता बनायो । त्यसको ५ मिनेटपछि मडुकेले गोल गरेपछि चेल्सी विजयी भएको हो ।
जितसँँगै चेल्सीले लगातार ५ खेलसम्मको जितविहिन यात्रा अन्त्य गरेको छ । २२ खेलबाट चेल्सीको ४० अंक भएको छ । समान खेल खेलेका न्युकासल र म्यानचेस्टर सिटि चेल्सीभन्दा दुई अंकले पछि छन् ।
वुल्भ्स रेलिगेसन जोनभन्दा एक माथि १७ औं स्थानमा छ । शीर्ष स्थानमा ५० अंकसहित लिभरपुल यथावत छ ।
