भारतमा जारी प्रथम खो-खो विश्वकपमा नेपालको महिला टोलीले लगातार दोश्रो खेलमा जित हासिल गरेको छ ।

मंगलबार अपरान्ह भएको खेलमा नेपालले जर्मनीलाई ७३-३४ ले पराजित गरेको हो । यसअघि मंगलबारै भएको पहिलो खेलमा नेपालले भुटानलाई ९३-२४ ले पराजित गरेको थियो ।

सरस्वती कठायतको कप्तानीमा रहेको महिला टोली नेपालले बुधबार तेस्रो खेल खेल्दैछ । नेपालले बुधबार दिउँसो साढे २ बजे श्रीलङ्कसँग खेल्नेछ । नेपालले बिहिवार बङ्ग‌लादेशको सामना गर्नेछ ।

नेपाल रहेको समूह ‘सी’ मा भुटान, जर्मनी, बङ्गलादेश र श्रीलङ्का छन् । हरेक समूहबाट शीर्ष दुई टोली क्वाटरफाइनलमा प्रवेश गर्ने छन् ।

पुरुषतर्फ समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेलमा भने भारतसँग ४२-३७ ले पराजित भएको थियो । पुरुष टोलीले आज बेलुका पौने ७ बजे पेरूसँग खेल्दै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *