भारतमा जारी प्रथम खो–खो विश्वकपमा महिलातर्फ नेपाल समूह विजेता बनेर क्वाटर फाइनलमा पुगेको छ ।

नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर स्टेडियममा बिहिबार भएको समूह चरणको अन्तिम खेलमा बंगलादेशलाई ८४-२४ ले हराएर नेपाल समूह विजेता बनेको हो । समूह ‘सी’ मा रहेको नेपाल सबै चार खेल जितेर समूह बिजेताको रुपमा क्वाटर फाइनलमा पुगेको हो ।

खेलमा नेपालकी मानमती धामी उत्कृष्ट अट्याकर घोषित भइन् भने दीपा बिक उत्कृष्ट खेलाडी घोषित भइन् ।

समूह ‘सी’ मा नेपालसँगै, भुटान, जर्मनी, बंगलादेश र श्रीलंका थिए । समूह विजेता बनेको नेपालले चार खेलबाट आठ अंक जोडेको छ । बंगलादेश पनि ६ अंकसहित समूह उपविजेताको रुपमा क्वाटर फाइनलमा पुगेको छ ।

यसअघि नेपालले समूह चरणमा जर्मनीलाई ७३–३४, भुटानलाई ९३–२४ र श्रीलंकालाई ११०–१० ले पराजित गरेको थियो ।

पुरुषतर्फ पनि नेपाल क्वाटर फाइनलमा प्रवेश गरिसकेको छ । पहिलो खो-खो विश्वकपमै नेपालबाट महिला र पुरुष दुवै टोलीले सहभागिता जनाएको छ । 

खो–खो विश्वकपको क्वाटर फाइनलका खेलहरु शुक्रबारबाट शुरु हुनेछन् । पुरुष र महिला दुबैतर्फको फाइनल खेल फाइनल खेल माघ ६ गते आइतबार हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *